Skip This
कनिष्ठलाई अध्यक्ष बनाउन खोजेको भन्दै बागमती लोकसेवा आयोगका सदस्य ढकालले दिए राजीनामा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
Invalid date format १८:१३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कनिष्ठलाई अध्यक्ष बनाउन खोजेको भन्दै बागमती लोकसेवा आयोगका सदस्य ढकालले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१३:oo

आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाउने तयारी गरेको भन्दै बागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर शुक्रबार राजीनामा बुझाएका हुन्।

११ कात्तिकबाट लागू हुने गरी राजीनामा बुझाएका ढकालले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क)अनुसार राजीनामा बुझाएका हुन्। आफूभन्दा कनिष्ठ व्यक्तिलाई आयोगको अध्यक्ष बनाउने तयारी भएपछि पदबाट राजीनामा दिएको उनको भनाइ छ। प्रदेश सरकारले सहसचिवस्तरको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष बनाउन लागेको उनले दाबी गरे।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आफूलाई आयोगका सदस्य ढकालले राजीनामा दिएको विषयमा कुनै जानकारी नभएको बताए। उनले आयोगको अध्यक्ष नियुक्तिको विषय पनि आफूलाई जानकारी नभएको बताए।

उनले आयोगको अध्यक्ष नियुक्त गर्ने विषयमा छलफल भने भइरहेको बताए। प्रदेशका मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख सदस्य रहेको तीन सदस्यीय समितिले आयोगको अध्यक्ष नियुक्त गर्ने भएकाले आफूलाई त्यसबारे वास्तविकता थाहा नभएको उनको भनाइ छ।

यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका पूर्वनिर्देशक महेश्वर श्रेष्ठलाई आयोगको अध्यक्ष बनाउने तयारी भएको छ। स्रोतका अनुसार अध्यक्षमा श्रेष्ठको नाम फाइनल भइसकेको र एक–दुई दिनमै नियुक्ति गर्ने तयारी गरिएको छ।