१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
गगन अयडी बाजुरा
Invalid date format १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेलद्वारा प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको दर्शन

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १७:३६:oo

राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडिमालिका मन्दिरको दर्शन र पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान त्रिवेणी नगरपालिका– ९ मा पर्ने बडिमालिकाको पूजाअर्चना गरी टीका र प्रसाद ग्रहण गरेका हुन्।

सो क्रममा राष्ट्रपति पौडेलले बडिमालिकालाई स्वर्गको टुक्रासँग तुलना गर्दै बाजुरावासीलाई स्वर्गका बासिन्दाका रूपमा अर्थ्याए। बडिमालिका दर्शनका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत आज बिहान आएका पौडेलले बडिमालिकाको मनोरम दृश्यसँग रमाउँदै यस्तो बताएका हुन्।

धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले बाजुराले प्रचुर सम्भावना बोकेको उल्लेख गर्दै उनले आँखै सामुन्ने टल्किने सुन्दर हिमाल, निकै टाढासम्म फैलिएका विशाल फाँट, मनोरम प्राकृतिक दृश्यहरू देख्दा आफूलाई साँच्चै स्वर्गमा पुगेको आभास भएको बताए।

देशभरकै मानवीय सूचकांकमा पछि भए पनि धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय, जल, जमिन र जडीबुटीको स्रोत र साधनका हिसाबले बाजुरा निकै धनी भएको आफूले पाएको राष्ट्रपति पौडेलको भनाइ थियो।

बाजुराको त्रिवेणी नगरपालिकामा निर्माण गरिएको नाटेश्वरी मन्दिरको उद्घाटनका लागि त्रिवेणी नगरपालिकाको निम्तोमा राष्ट्रपति पौडेल बाजुरा आएका हुन्। बडिमालिकाको दर्शनसँगै उनले नाटेश्वरी मन्दिरको उद्घाटन गरेका छन्।