१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:१४:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्व रुपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए।

‘जिल्ला–जिल्लाका व्यवसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनुभएको छ। त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन,’ उनले भने, ‘यतिवेला बैंकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ। यस्तो वेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ।’

उनले यो डेढ वर्षको अवधिमा लगानी प्रवर्द्धनका लागि देशभित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफूहरूकै पहलमा सरकारले लगानीमैत्री वातावरण बनाउन आठवटा कानुन संशोधन गरेको बताए।  

निजी क्षेत्रले उठाउँदै आएको  मर्यादाक्रमको विषय, करसम्बन्धी समस्यालगायतका विषयमा आफूहरू निरन्तर लागिरहेको ढकालको भनाइ थियो।