१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी श्रेष्ठ सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o७:oo

६९औँ प्रहरी दिवसको अवसरमा नयाँ पत्रिकाकर्मी अर्जुन श्रेष्ठ सम्मानित भएका छन्। नागरिकलाई सुसूचित गर्ने र समाजमा भएका सामाजिक अपराधहरू न्यूनीकरण गर्न तथा सडक सुरक्षाको सवालमा गहन भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय धादिङले ६९औँ प्रहरी दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरेको हो।

श्रेष्ठ विगत १४ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनी नयाँ पत्रिका राष्ट्रिय दैनिकका धादिङ जिल्ला संवाददाता हुन् । त्यस्तै, रेडियो धादिङका कार्यक्रम संयोजक तथा नेपालपथ डटकमका सम्पादकसमेत हुन्। 

जिल्ला प्रहरी कार्यालय धादिङले कार्यालय परिसरमा विशेष समारोहको आयोजना गरी प्रहरी दिवस मनाएको छ। दिवसकै अवसरमा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको छ। कर्तव्यपालनको सिलसिलामा ज्यान उत्सर्ग गरेका सम्पूर्ण अमर प्रहरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ। सो अवसरमा विभिन्न खेलकुदमा प्रथम र द्वितीय स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मानपत्र तथा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले शान्ति सुरक्षा, सुव्यवस्था तथा अमनचयनको क्षेत्रमा प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए। नागरिकले खोजेको समयमा मुस्कानसहितको सेवा पाएको उनले बताए। ‘सेवाको गुणस्तर तथा थप प्रभावकारी बनाउन प्रहरीले खेलिरहेको भूमिका सराहनीय छ । नागरिकले न्यायको महसुस गर्न पाएका छन् । अझै राम्रो गर्न सकोस् । बर्दी लगाएका प्रहरीले बर्दीविनाको प्रहरीलाई दिने सेवा साँच्चै प्रभावकारी बनाउन सकोस्, शुभकामना,’ उनले भने।