१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Tuesday, 12 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३० बुधबार o८:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्व कमब्याट मार्सल आर्टसमा नेपाललाई तीन पदक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार o८:२७:oo

नेपालले विश्व कमब्याट मार्सल आर्टस् च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्णसहित तीन पदक जितेको छ । जर्मनीको फ्र्यांकफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण जितेका थिए । नेपाली खेलाडीमध्ये इजिकेल परियारले कांस्य हात पारेको नेपाल उमा कुङ्फु संघका महासचिव भूपेन्द्र गुरुङले जानकारी दिएका छन् । 

निराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इंग्ल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् । त्यसअघि उनले फाइनल यात्रासम्म फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए । निराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जितेका हुन् । यो स्पर्धामा उनले जर्मनी, युक्रेन, साइप्रस, इंग्ल्यान्ड र स्कटल्यान्डका खेलाडीलाई पछि पारेका थिए । 

इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कांस्य हात पारे । इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसँग पराजित भएका थिए । अघिल्ला चरणमा भाइब बक्सिङ क्लबका प्रशिक्षकसमेत रहेका इजिकेलले इंग्ल्यान्ड र स्कटल्यान्डका खेलाडीलाई पाखा लगाएका थिए । इन्टरनेसनल कमब्याट अर्गनाइजेसन (आइसिओ), जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७०५ खेलाडीको सहभागिता रहेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्षसमेत रहेका महासचिव गुरुङले जनाएका छन् ।