१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १५:२२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तातोपानीमा तुइन र भरियामार्फत ढुवानी गरिँदै

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

दसैँअघि चीन स्वशासित तिब्बतको खासा आइपुगेको फलफूल लिपिङखोलामा तुइनबाट र पहिरोमा मानिसले बोकेर सुक्खा बन्दरगाह तातोपानी भन्सार ल्याउने क्रम जारी छ।

चिनियाँ भन्सार पास गरेर नेपालतर्फ आएका फलफूलबाहेक ५४ कन्टेनर मितेरीपुलपारि रहेका थिए। असोज ११ र १२ गतेको पहिरो र बाढीले सडक अवरुद्ध भएकाले ती कन्टेनर खासा क्षेत्रमा अड्किएका थिए। तातोपानी भन्सार कार्यालयका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले दिएको जानकारीअनुसार चिनियाँ  क्षेत्रमा रहेका कन्टेनर लिपिङपट्टि आइपुगेका छन्।

४० फुटे चिनियाँ कन्टेनरमा २१ र २० फुटे नेपाली कन्टेनरमा १० टन स्याउ हुन्छ। स्याउ, ओखर, किवी, ड्रयागनफ्रुट, लसुनलगायत फलफूल रहेको काफ्लेले बताए। लिपिङखोलाको पक्की पुल बाढीले बगाएको छ। सो स्थानमा तुइन प्रयोग गरेर फलफूल वारि पठाउने गरिएको छ। त्यहाँबाट कोदारी पहिरोसम्म बोलेरो र त्यसपछि भरियाले तातोपानीसम्म बोकेर लाने गर्छन्।

तातोपानीबाट २० फुटे कन्टेनरमा भन्सार लगिन्छ। ‘धेरै ठाउँको जोखिम मोलेर सामान ढुवानी गरिएको छ,’ काफ्लेले भने। तुइन र ठाउँ ठाउँमा भरियाले बोक्दा स्याउको मूल्य बढ्ने चिनियाँ बजारबाट स्याउ आयात गर्दै आएका नेपाल हिमालय सीमापार वाणिज्य संघका सदस्यसमेत रहेका व्यापारी शारदाप्रसाद पराजुलीले बताए।

‘हामीले भरियाको समूह तयार पारेर पुल नभएको ठाउँमा तुइनबाट र पहिरो गएको ठाउँमा भरियाले बोकेर फलफूल ढुवानी गरिरहेका छौँ,’ उनले भने। दसैँ र तिहारका लागि ल्याइएका करिब पाँच सय कन्टेनर फलफूल सडक अवरुद्ध भएपछि न्यालम, केरुङ, सिगात्से, मिम्बु र रिकार्चेमा अड्किएका छन्।

तातोपानी नाकातर्फ लिपिङ पुलका लागि बेलिब्रिज लार्चा आइपुगेको छ। तर, कोदारी पहिरो पन्छाउन अझै केही दिन लाग्छ। पहिरो पन्छाएर बेलिब्रिज पुर्‍याए पनि कसरी फिट गर्ने भन्ने समस्या छ। पुलको मुखमा तीनवटा निजी घर छन्। उता केरुङपट्टि सडक बन्न अझै दुई हप्ता लाग्ने अवस्था छ। जाडोका लागि आयात गरिने रेडिमेड सामान चिनियाँ सहरको विभिन्न गोदाममा अड्किएको छ।