मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज २७ आइतबार
  • Tuesday, 18 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २७ आइतबार २o:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

इंग्ल्यान्डसँगको हारपछि पाकिस्तानी टेस्ट टिममा व्यापक परिवर्तन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २७ आइतबार २o:१५:oo

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले पाकिस्तानी टेस्ट टोलीमा महत्त्वपूर्ण परिवर्तन गरेको छ। इंग्ल्यान्डविरुद्ध जारी टेस्ट शृंखलाको पहिलो म्याचमा लज्जास्पद हार व्यहोरेपछि पिसिबीले दोस्रो र तेस्रो टेस्टका लागि बाबर आजम, साहिन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई टोलीबाट हटाएको हो। यी खेलाडीको ठाउँमा हासिबुल्लाह, मेहरान मुमताज, कमरान घुलामले पहिलोपटक टेस्ट टिममा स्थान बनाएका छन् । मोहमद अली र अफ स्पिनर सजिद खानलाई पनि टिममा सामेल गरिएको छ।

पाकिस्तान र इंग्ल्यान्डबिच मुल्तानमा भएको पहिलो टेस्ट म्याचको पहिलो इनिङ्समा पाकिस्तानले ५५६ रन बनाएर पनि पराजित भएको थियो।

पाकिस्तानको नयाँ टेस्ट टोलीमा सान मसुद (कप्तान), साउद सकिल (उपकप्तान), आमिर जमाल, अब्दुल्ला सफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज छन्। यस्तै, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अली, सैम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमुद टिममा समावेश गरिएका छन्।