Skip This
तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज २५ शुक्रबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २५ शुक्रबार १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २५ शुक्रबार १६:o८:oo

एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त संख्या आजसम्मको हो। अठार लाख मानिस दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएकाे महासंघका अध्यक्ष विजय स्वारले राससलाई जानकारी दिए।  

‘हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ,’ उनले भने, ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।’ अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए।