१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
संजित परियार काठमाडाैं
Invalid date format १२:५८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले गरे नयाँ केन्द्रीय कार्यालयको शिलान्यास (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:५८:oo

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ केन्द्रीय कार्यालयको शिलान्यास गरेका छन्। ओलीले कीर्तिपुर वडा नम्बर २ स्थित मैत्री नगरमा रहेको जग्गामा भवन निर्माणका लागि शिलान्यास गरेका हुन्। 

कलंकीको ढुंगेअड्डाबाट केही मिटरभित्र ११ रोपनी बढी जग्गा खरिद गरेर भवनको शिलान्यास गरिएको जग्गामा निर्माण हुने भवनका लागि एमालेले अहिले सदस्यहरूबाट एक सय रुपैयाँ उठाउँदै आएको छ।

अहिले पार्टीले सदस्यता नवीकरण र विस्तारका क्रममा प्रत्येक सदस्यबाट न्यूनतम एक सय  रुपैयाँ संकलन गर्ने र कामलाई यथाशीघ्र कार्यान्वयन गर्न तहगत कमिटीलाई निर्देशनसमेत दिएको छ। यसका साथै पार्टीले थप आर्थिक सहयोग गर्ने पार्टी कार्यकर्ता र सहयोग गर्न सक्ने अन्य सहयोगीहरूको रोस्टर तयार गरी पार्टी केन्द्रमा पठाउन पनि निर्देशन दिएको छ। 

पार्टीको रेकर्ड अनुसार संगठित सदस्य साढे पाँच लाख हाराहारी छन्। उनीहरूबाट सय रुपैयाँ उठाएर एमालेले केन्द्रीय कार्यालय बनाउन लागेको हो।