मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Wednesday, 02 September, 2026
नवीन अर्याल काठमाडौं
२o८१ असोज २४ बिहीबार १४:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

यात्रुले अनाहकमा खोले हवाईजहाजको इमर्जेन्सी ढोका

उडान सुरक्षामा खलल पुर्याउने यात्रु सुरक्षाकर्मीको नियन्त्रणमा, एकदेखि तीन वर्षसम्म कैद सजायको प्रावधान

Read Time : < 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार १४:१७:oo

विगत केही सातायता यात्रुले उडान भरिरहेका वेला हवाईजहाजका इमर्जेन्सी डोर (आपतकालीन ढोका) खोलेका घटना सार्वजनिक भएका छन्। गत २ अक्टोबरका दिन  विराटनगरबाट काठमाडौं, ७ अक्टोबरका दिनमा नेपालगन्जबाट काठमाडौं उडिरहेको विमानको आपतकालीन ढोका खोलेका थिए।

 आज फेरि त्यस्तै घटना दोहोरिएको छ। विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका छन्। यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरेर उडान तालिकालाई थप प्रभावित बनाएको छ।

आज बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रूपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन्। आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउँछ।

बुध्द एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ।

कडा कानुनी प्रावधान
हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ।

विमान कम्पनीको कारबाही
उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन्।