१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रेशम बहादुर खड्का जाजरकोट
Invalid date format ११:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२८ वर्षपछि बाजागाजासहित जाजरकोट दरबारमा फूलपाती भित्र्याइयो 

Read Time : < 1 मिनेट
रेशम बहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
Invalid date format ११:५४:oo

दसैँको सातौं दिन सप्तमीको अवसर पारेर जाजरकोटको ऐतिहासिक दरबारमा फूलपाती भित्र्याइएको छ । परम्परागत राजकीय शक्तिको प्रतिक खड्गदेवी देवतासहित जाजरकोट दरबारमा फूलपाती  भित्र्याइएको हो । त्यसैगरी जिल्लाका दर्जनौँ  मौला र शक्तिपीठ र स्थानीयले घर–घरमा फूलपाती  भित्र्याएका छन् ।

बिहीबार जाजरकोटको जगतिपुरबाट ल्याएको उखु, अदुवा, बेलपत्रलगायत पूजा सामग्री र खड्ग देवतासहित फूलपाती भित्र्याइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । 

२८ वर्षअघिसम्म जगतीपुर दरबारबाटै ब्राम्हण जातिका पुजारीले खड्ग देवतासहितको फूलपाती ल्याउने प्रचलन थियो । तर, माओवादी द्वन्द्वसँगै जिल्ला प्रहरी कार्यालय परिसरको कालिका मन्दिरमा खड्ग देवता राख्ने गरिएको हाे। २८ वर्षपछि पहिलोपटक स्थानीयले बाजासहित जगतिपुरबाट ल्याएकाे फूलपाती र खड्ग जाजरकोट दरबारमा पूजाआजासहित भित्र्याइएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको नेतृत्वमा पुजारी सत्यदेव शर्माले ल्याएको खड्ग र फूलपातीलाई राज्यका प्रतिनिधीका रुपमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विधिपूर्वक भित्र्याएका हुन् । 

तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा दुई सय ५४ वर्षअघि जाजरकोट राज्यलाई उपहारस्वरूप दिएको शक्तिको प्रतीक खड्ग अर्थात् तरबार जगतीपुरबाट जाजरकोट दरबार ल्याएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । यसअघि भेरी नगरपालिका ४ रानागाँउस्थित कालिका मन्दिरबाट जाजरकोट दरवारमा भित्र्याउँदै आइएको थियो । स्थानीय सर्वसाधारणहरु, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरूको व्यापक सहभागितामा शंख ध्वनिसहित जगतिपुरबाट खड्गलाई जाजरकोट दरबार ल्याएको हो ।