Skip This
१३ ग्राम लागुऔषधसहित एक पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format २o:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१३ ग्राम लागुऔषधसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१२:oo

सशस्त्र प्रहरी बलले झापामा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। 
सशस्त्र प्रहरी बलको टाघनडुब्बा बिओपीले १३ ग्राम १८० मिलिग्राम ब्राउन सुगरसहित झापा गाउँपालिका– १ का ३१ वर्षीय कौशलकुमार यादवलाई पक्राउ गरेको हो। उनलाई जाँच गर्ने क्रममा नेपाल–भारत सीमानजिक रसुनगन्जबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल २ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज विष्टले जानकारी दिए। 

उक्त लागुऔषध भारतबाट नेपाल ल्याउने क्रममा मोटरसाइकलको डिकीबाट फेला पारिएको उनले बताए। पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए।