मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण रह्यो : परराष्ट्रमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५६:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण र प्रभावकारी रहेको बताएकी छिन्।

आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताइन्।

मन्त्री डा. राणा क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित राष्ट्रसंघीय महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएकी हुन्।

मन्त्री राणाले ती बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल स्पष्ट रूपमा सुनिने र देखिने गरी उपस्थित भएको पनि जानकारी दिइन्। उनले भनिन्, ‘यहाँ हामीले जसरी नेपालमा यो भएन, त्यो भएन भन्ने गरेका छौँ वास्तवमा त्यस्तो अवस्था पनि होइन । तथ्य र तथ्यांकहरूमा हेर्दा नेपालको अवस्था नाजुक छैन। हामीले दिगो विकास लक्ष्यको प्राप्तिमा ४७ प्रतिशतसम्म प्रगति गरेका छौँ। तर, कतिपय देशको त अहिले पनि १७ प्रतिशत मात्र प्रगति भएको पनि देखिएको छ । हाम्रो अवस्थालाई हामीले सकारात्मक रूपमा लिएर अघि बढ्नुपर्छ।’

फरक प्रसंगमा उनले लेबनानमा हालै विकसित परिस्थितिका कारण नेपालीहरूको अवस्थाबारे नेपाल सरकार जानकार रहेको तथा अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको बताइन्। उनले नेपाल फर्कन चाहनेहरूका लागि दूतावासमार्फत हेल्पडेस्क स्थापना गरी सम्पर्क नम्बर दिइएको पनि जानकारी दिइन्।