Skip This
श्री एयरलाइन्सले भोलिबाट काठमाडौं–भरतपुर उडान भर्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Tuesday, 11 August, 2026
२o८१ असोज १७ बिहीबार १८:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

श्री एयरलाइन्सले भोलिबाट काठमाडौं–भरतपुर उडान भर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार १८:३९:oo

श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंं–भरतपुर–काठमाडौं रुटमा उडान भर्ने भएको छ। कम्पनीले क्यू ४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ। 

‘शुक्रबारदेखि चार्टर्ड उडान गरी २३ असोजदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ,’ कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुईवटा उडान हुनेछ। धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन। एकपटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ।’ 

उनका अनुसार एकतर्फी भाडा चार हजार पाँच सय राखिएको छ। अहिले भरतपुर–काठमाडौं–भरतपुर रुटमा बुद्ध एयरले एटिआर–४२ मार्फत दैनिक नौवटा उडान भर्दै आएको छ। (रासस)