मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १८:५७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाराका २१ पसललाई जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

वाणिज्य आपूर्ति तथा संरक्षण कार्यालय वीरगन्जले बजार अनुगमनलाई तीव्रता दिएको छ। वाणिज्य कार्यालयले खास गरेर चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव कालोबजारी, मूल्य अभिवृद्धि र न्यून गुणस्तरको खाद्यान्न बिक्रीलाई नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र बनाएकोे हो। 

आइतबारदेखि मंगलबारसम्म बजार अनुगमनमा गएको टोलीले बाराको कलैया, जितपुर–सिमरा, कोल्हवी र निजगढमा बजार अनुगमन गरेको वाणिज्य आपूर्ति तथा संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनील चौरसियाले जानकारी दिए। 

उनका अनुसार बजार अनुगमनको क्रममा तीन दिनमा बाराका ३८ वटा पसलमा अनुगमन गर्दा २१ वटा पसलमा कैफियत देखिएकाले एक लाख ५५ हजार जरिवाना गरिएको हो।

बजार अनुगमनको क्रममा कृत्रिम अभाव कालोबजारी, मूल्य अभिवृद्धि र न्यून गुणस्तरको खाद्यान्न बिक्रीजस्ता समस्या देखिएपछि उपभोक्ता संरक्षण ऐन ०७५ अनुसार जरिवाना गरिएको प्रमुख चौरसियाले बताए।

साथै, सामग्री बिक्री गर्नेहरू बढी मुनाफा लिने, लेबल नभएका तथा केरमेट गरेका खाद्यवस्तु बिक्री गर्ने र बिलबिजक एवं दर्ता प्रमाणपत्र देखाउन नसक्नेलाई समेत कारबाही गरिएको प्रमुख चौरसियाले बताए।

बजार अनुगमनको क्रममा लापरबाही गर्न सामग्री बिक्री-वितरण गर्ने कारोबारी, व्यवसायी अथवा खरिद गर्ने उपभोक्तालाई सतर्क भएर सामग्री खरिद गर्न आग्रह गरे।

अनुगमन टोलीसँगै गएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बजारमा चाडपर्वको वेलामा उपभोक्तालाई ठग्ने व्यवसायीलाई कारबाहीमा कुनै कसर बाँकी नरहने बताए।