१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

४५ हजार १८५ चक्की लागुऔषधसहित फार्मेसी सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५५:oo

लागुऔषध बिक्री-वितरण गरेको आरोपमा पोखराका एक फार्मेसी सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ७ रत्नचोकस्थित शुभेक्षा फार्मेसीका सञ्चालक पोखरा १७ पावरहाउस बस्ने ५८ वर्षका मित्रलाल शर्मा रहेकाे कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

शर्माले सञ्चालन गरेको शुभेक्षा फार्मेसीबाट लागुऔषध बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले फार्मेसी र शर्माको घरमा खानतलासी गर्दा ४५ हजार १८५ चक्की लागुऔषध बरामद गरेको प्रमुख ओलियाले बताए।

प्रहरी टोलीले फार्मेसीमा खानतलासी गर्दा टेपेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५० एमजी लेखिएको ११५ चक्की बरामद गरेको थियो। उनले आफ्नो घरमा समेत लागुऔषध लुकाइछिपाई राखेको भन्ने सूचनाअनुसार पोखरा १७ पावरहाउसस्थित घरमा खानतलासी गर्दा लागुऔषध टेपेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५० एमजीको ४५ हजार ७० चक्की बरामद गरेको ओलियाले बताए।

बरामद गरिएको लागुऔषधको मूल्य खरिदकर्तासँग लिइने मूल्यअनुसार करिब ८० लाख हाराहारी पर्ने प्रहरीको अनुमान छ। पक्राउ परेका शर्मालाई कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।