मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उद्योगमन्त्री भण्डारीसँग विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधिको भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४१:oo

विश्व व्यापार संगठनमा आगामी वर्ष गरिने नेपालको तेस्रो व्यापार नीति समीक्षाको सन्दर्भमा विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधि मासाहिरो हायाफुजी र ठाकुर पराजुलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरेका छन्।

सिंहदरबारमा भएको भेटका क्रममा विश्व व्यापार संगठनका प्रतिनिधि हायाफुजीले सन् २०१८ मा सम्पन्न नेपालको व्यापार नीतिको दोस्रो समीक्षापश्चात् हालसम्म व्यापार तथा व्यापार सम्बद्ध नीति, कानुन तथा समग्र प्रयासहरूको प्रारम्भिक जानकारी संकलन गरी समीक्षालाई वस्तुपरक बनाउन विभिन्न निकायसँग समन्वय गरिरहेको जानकारी गराए।

समीक्षाको प्रारम्भिक बैठकबाट नेपालको व्यापार सम्बद्ध नीति तथा कानुनहरूको पुनरावलोकन गरिनेछ। विश्व व्यापार संगठन स्थापना गर्ने माराकेस सम्झौताको अनुसूची ३ बमोजिम हरेक सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हुने गर्छ। नेपालले हालसम्म सन् २०१२ मा पहिलो समीक्षा र सन् २०१८ मा दोस्रो समीक्षा सम्पन्न गरिसकेको छ।

समीक्षाको क्रममा विभिन्न चरणका बैठकहरूमार्फत सूचना संकलन गरी सन् २०२५ मा विश्व व्यापार संगठनको सचिवालयले ‘सचिवालयको प्रतिवेदन’ तथा नेपाल सरकारको तर्फबाट समेत प्रतिवेदन तयार गरी विश्व व्यापार संगठनको व्यापार नीति समीक्षा गर्ने निकायमा प्रस्तुत गरिनेछ।    

भेटमा मन्त्री भण्डारीले नेपालले नीतिगत, कानुनी तथा रणनीतिक उपायहरू अवलम्बन गरी विश्व व्यापार संगठनमार्फत नेपालको व्यापार तथा लगानी प्रवर्द्धनमा हातेमालो गर्न अग्रसर रहेको बताए। साथै, सरकारले हाल सालै व्यापार तथा लगानीको वातावरणलाई सहज, सरल र पारदर्शी बनाउन निजी क्षेत्र मैत्री कानुन निर्माण र कार्यान्वयनमा जोड दिएको उल्लेख गरे।

नेपाल सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति भएपश्चात् नेपालको निर्यात व्यापारलाई अभिवृद्धि गर्न आइपर्ने चुनौतीहरूको सामना गर्न समयमै पूर्वतयारी गर्न मन्त्रालय लागिरहेको र यसमा विश्व व्यापार संगठनको सहयोग रहने विश्वास व्यक्त गरे।