मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format २१:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिग : सक्षम, रियल स्टार र आरआर विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:१४:oo

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलहरूमा सक्षम युवा क्लब नेवारपानी, रियल स्टार क्लब पदमपोखरी र राप्ती रिभर युवा क्लब मनहरी विजयी भएका छन्।

हेटौँडा उपमहानगरपालिका– ११ स्थित सिमलटार खेलमैदानमा भएको समूह ‘क’को खेलमा सक्षमले हेटौँडाको विजय युथलाई २–१ गोलअन्तरले हरायो। सक्षमका लागि सविन गिरी र सन्दीप लामाले एक–एक गोल गरे। 

जितसँगै सक्षमको चार खेलबाट ११ अंक भएको छ। विजय युथले भने लिग चरणका सबै ६ खेलबाट जम्मा दुई अंक जोडेको छ। 

समूह ‘क’अन्तर्गत नै बुधबार भएको अर्को खेलमा मनहरीको राप्ती रिभर फुटबल क्लब (आरआर वाइसी)ले हेटौँडा भेट्रान्सलाई ३–१ ले हरायो। 

आरआरका लागि चन्द्रमान नेगीले दुई र विजय बलले एक गोल गरे। भेट्रान्सका लागि मोहन वाइबाले एक गोल फर्काए। जितसँगै आरआर वाइसीले ६ खेलमा दुई जित र एक बराबरीसहित ७ अंक जोड्दै लिगको अन्त्य गरेको छ। 

समूह ‘ख’अन्तर्गतको खेलमा रियल स्टार क्लबले हेटौँडा फुटबल एकेडेमीलाई ६–१ गोलअन्तरले पराजित गर्‍याे । रियल स्टारको तर्फबाट साजन पाख्रिनले चार तथा साजन थिङले दुई गोल गरे । रियल स्टारले पाँच खेलबाट १० अंक जोडेको छ। 

यसै समूहअन्तर्गतको बुधबारको अन्तिम खेलमा एफसी इन्टरनेट सिटी र पिप्ले युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टिमले गोल गर्ने केही राम्रा अवसर खेल फालेका थिए। बुधबारको खेलमा बराबरी गरेका दुवै टिमको सात–सात अंक भएको छ।

जिल्लाका २८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले एक लाख नगदसहित प्रदेशस्तरीय लिग खेल्ने अवसर पाउनेछ भने उपविजेता हुने टोलीले ५० हजार नगद पुरस्कार पाउनेछ।