Skip This
सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १४:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१३:oo

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बुढी पोल्ने पर्व धुमधामसँग मनाइँदै छ। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । 

भाद्र संक्रान्तिका दिन गाडिएकी बुढीलाई आज साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए। द्वापरयुगमा भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बुढी पोल्ने गरिएको हाे । 

द्वापरयुगमा विषाक्त दुध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान् श्री कृष्णले दुध चुसी मारेको विजयोत्सवका रूपमा बुढी  पोल्ने पर्व मनाइने गरेको हो । सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएकी बुढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने प्रचलनसमेत रहिआएको छ। ओल्के संक्रान्तिका दिन गोठालाले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन् । 

भाद्र संक्रान्तिका दिन गाडिएकी बुढीलाई आज पोलेमा सुखशान्ति प्राप्त हुने विश्वास रहिआएको स्थानीय प्रेमसिंह धामीले बताए । बुढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलनसमेत रहिआएको छ । ओल्के संक्रान्तिका दिन गाडिएकी बुढीलाई आज असोज संक्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बुढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।

पुतनाको स्वरूपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरि घाममा सुकाएर साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बुढी थुई’ भन्ने चलन रहिआएको छ। नयाँपुस्ताको ध्यान नपुग्दा बुढी पोल्ने पर्व पछिल्लो समय लोप हुँदै गएको छ ।