मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली बजारमा भित्रियो एभ्रिडे ब्याट्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:५६:oo

एभ्रिडे इन्डस्ट्रिज इन्डियाले नेपालमा अल्टिमा अल्कालाइन ब्याट्री र डिएल १०२ साइरन टर्च ल्याएको छ । नयाँ अल्टिमा शृंखलाले चार सय गुणा बढी कार्यक्षमता प्रदान गर्ने र ब्याट्री ८ सय प्रतिशत लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ । यो ब्याट्री खेलौना, भिडियो गेम र चिकित्सकीय औजारजस्ता उच्च शक्ति खपत गर्ने उपकरणका लागि विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ । 

काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएका यी उत्पादनले दैनिक जीवनलाई बढावा दिँदै व्यक्तिगत सुरक्षालाई साथ दिएर उद्देश्य परिचालित उच्च गुणस्तरीय समाधानका साथ नेपाली बजारलाई सेवा पु‍र्‍याउने एभ्रेडीको रणनीतिक विस्तार र समर्पणलाई संकेत गरेको कम्पनीको भनाइ छ ।

अल्टिमा ब्याट्री पारो, सिसा र क्याडमियमजस्तो वातावरणमा नकारात्मक असर पार्ने तŒवबाट मुक्त छ भने साइरन टर्च महिलाको सुरक्षा सुनिश्चित गर्न र आपत्को समयमा उनीहरू आवाज उठाएर सशक्त बनाउन तयार पारिएको कम्पनीको भनाइ छ ।