मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भयो : रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि  भएको बताएका छन्। सोमबार प्रतिनिधिसभामा छानबिन विशेष समितिले प्रतिवेदन बुझाएपछि संसदबाहिर पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्।

कम्पनीको एमडी भएकाले कर्मचारीलाई तलब आफूमार्फत जाने भए पनि लगानीको स्रोत हेर्ने अधिकारी आफू नभएको लामिछानेले स्पष्ट पारे। ‘त्यो (लगानी) ल्याउनमा मेरो भूमिका छैन भन्ने स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अथोरिटी मलाई हुँदैन । लगानीकर्ताले कस्तो रकम ल्यायो, सही थियो, गलत थियो हेर्ने निकायहरू छन्,’ उनले भने।

सहकारी ठगीको विषय आफूमा मात्रै केन्द्रित गरेर पीडितहरूमाथि पाप गरिएको भन्दै लामिछानेले थपे, ‘आज यो चिजहरूको प्रतीक्षा लाखौँ बचतकर्ताले गरिरहेका छन् जसको लगानी डुबेको छ, जसले विवाह गर्न पाएनन्, उपचार गर्न पाएनन्, पढाउन पाएनन् आफ्ना बालबालिकालाई। मैले त बोल्न अवसर पाएँ। ती साथीहरू, ती परिवारहरूमाथि कति अन्याय भयो होला।’