१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:४८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

आठ महिनामै फेरिए काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४८:oo

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई आठ महिनामै सरुवा गरिएको छ। २७ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले परियारसहित ४० सहसचिवको सरुवा गरेको हो। 

परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ भने उनको ठाउँमा सरोज गुरागाईंलाई पठाइएको छ। गत ५ माघमा परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका थिए।

तर, छोटो समयमै सरकारले उनको सरुवा गरेको हो। उनीसँग महानगरका मेयर बालेन्द्र शाहसँग उनको ‘ट्युन’ मिलेको पनि थियो। पछिल्लो समय प्रधानमन्त्री केपी ओली र महानगरका मेयर बालेन्द्र शाहबिच सम्बन्ध राम्रो नहुँदा प्रशासकीय प्रमुखलाई पनि छिटो सरुवा गरेको हुन सक्ने अनुमान गरिएको छ। हाल महानगरमा सरुवा गरिएका गुरागाईं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए। 

त्यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको पनि सरुवा भएको छ। उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशमा सरुवा भएका छन् भने सूचना तथा प्रसारण विभागका महानिर्देशक बलराम रिज्याललाई पनि सरुवा गरिएको छ।

त्यस्तै, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको पनि सरुवा भएको छ। उनलाई गृह मन्त्रालयमा तानिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुमन घिमिरे, रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला, राष्ट्रिय दलित आयोगका शिवराज चौलागाईंलगायतको सरुवा भएको छ।