१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दुई महिनापछि मैदान फर्किएका मेसीको दुई गोलमा इन्टर मियामीको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४o:oo

दुई महिनापछि मैदान फर्किएका कप्तान लिओनल मेसीको दुई गोल मद्दतमा इन्टर मियामीले फिलाडेल्फिया युनियनमाथि जित निकालेको छ।

अमेरिकन फुटबल लिग एमएसएलको शीर्ष स्थानमा रहेको इन्टरका लागि मेसीले गोल मात्र गरेनन्, अर्को एक गोलका लागि असिस्ट पनि गरे।

खेलको ५४ सेकेन्डमै गोल खाएपछि पछि परेको इन्टर मियामीका लागि २६औँ मिनेटमा गोल गर्दै मेसीले खेलमा फर्काए। त्यसपछि ३०औँ मिनेटमा थप एक गोल गर्दै मेसीले टिमलाई २–१ को अग्रता दिलाए।

खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा मेसीको असिस्टमा लुइस सुआरेजले गोल गर्दै मियामीलाई ३–१ को जित दिलाए।

यो जितपछि मियामीले २८ खेलबाट ६३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको टिमभन्दा मियामी दश अंकले अघि रहेको छ।

विश्वविजेता अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले गत १४ जुलाईमा कोपा अमेरिकाको फाइनलमा कोलम्बियाविरुद्धको खेलमा खुट्टामा चोट बोक्दै मैदान छाडेका थिए। फाइनल खेल चलिरहँदा खुट्टामा गम्भीर चोट लागेपछि रुँदै बाहिरिएका मेसी दुई महिनापछि मैदानमा पुरानै लयमा देखिएका छन्।