Skip This
रोहित उत्कृष्ट पुरुष खेलाडी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
क्यानडामा रहेका रोहितको अवार्ड ग्रहण गर्दै आमालगायत।
रमेश सुवेदी काठमाडौं
Invalid date format १९:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रोहित उत्कृष्ट पुरुष खेलाडी

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४o:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले शुक्रबार एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार जितेका छन् ।

उनले सहकर्मी दीपेन्द्रसिंह ऐरीसहित फुटबल, कराँते र गल्फका प्रतिद्वन्द्वीलाई पछि पार्दै  अवार्ड प्राप्त गरेका हुन् । हाल क्यानडामा रहेका उनको अवार्ड दाजु राजु पौडेल र आमा प्रजिसले थापेका थिए । 

नेपाली खेल पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मानित गर्ने अवार्डको पुरुष विधामा रोहितसहित क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, कराँतेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मानोनयनमा थिए ।

रोहितको कप्तानीमा नेपालले वर्ष २०८० मा एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो । यसैगरी आइसिसी टी-२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुँदा पनि नेपाली टिम रोहितकै कप्तानीमा थियो ।

रोहितले वर्ष ०८० मा २५ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा तीन अर्धशतकसहित ६८० रन बनाएका थिए । यसैगरी, उनले पाँच विकेट पनि लिए ।

यस्तै, उनले यो वर्ष २३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा तीन अर्धशतसहित ५२५ रन प्रहार गरे । उनले १० विकेट पनि लिएका थिए ।

वर्ष २०८० मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा गरेको प्रदर्शनका आधारमा मञ्चको छनोट समितिले उत्कृष्ट पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । उत्कृष्ट पुरुष खेलाडीको अवार्डसँगै रोहितले पल्सर मोटरसाइकल पुरस्कार पाए ।