१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५१:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

मोक्षदा स्कुलमा गजल वाचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५१:oo

१५९औँ मोतीजयन्तीको अवसरमा मोक्षदा स्कुलले आयोजना गरेको उपत्यकाव्यापी सातौँ अन्तरविद्यालयस्तरीय मोतीराम स्मृति रनिङ सिल्ड गजल वाचन प्रतियोगिता सम्पन्न भएको छ।

मोक्षदा स्कुलद्वारा आयोजित सो प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका २३ विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगितामा काठमाडौं प्रज्ञा कुञ्जका निमेष शर्मा, सैनिक आवासीय महाविद्यालयकी उन्नति पुडासैनी, ब्राइट फ्युचर माविकी प्रेरणा भट्ट र नेपाल वेद विद्याश्रम संमाविका पंकज विनाडीले क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गरे। विजयी छात्रछात्रालाई प्रमाणपत्र, पदक, ट्रफीका साथमा नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा मोक्षदा स्कुलका तर्फबाट पूर्वक क्षेत्री र आर्यन बाँस्कोटाले मोतीराम भट्टको अप्रतियोगी गजल सुनाएका थिए भने यम्बिना चौधरीले मोतीरामकै पिकदूत वाचन गरेकी थिइन् । सोही अवसरमा कक्षा ३ मा अध्ययनरत बालबालिकाले बालगीत प्रस्तुत गरेका थिए ।

वरिष्ठ बाल साहित्यकार रामबाबु सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विद्यालयका तर्फबाट प्रमुख अतिथि सुवेदीलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सुवेदीले आजका बालबालिका भोलिका राष्ट्रसेवक भएकाले तिनलाई विद्यालय तहबाटै क्षमतावान् बनाउनुका साथै देशलाई माया गर्न सिकाउनुपर्ने बताए । साथै, उनले यस्ता प्रतियोगिताले बालबालिकालाई अघि बढ्न प्रेरित गर्ने पनि बताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ठाकुर तिमल्सेना, लेखनाथ दाहाल, गजलकार बलराम दाहाल, संगीतकार सन्तोष श्रेष्ठ, गजलकार ज्ञानु विद्रोहीलगायतले आ–आफनो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रम कक्षा १० मा अध्ययनरत निरञ्जन उप्रेती र एलिना नेपालले सञ्चालन गरेका थिए।