मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १o:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्टार सहकारीमा बचत फिर्ताको माग, किस्ता किस्तामा रकम फिर्ताको सहमति गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४९:oo

रुपन्देहीको सैनामैना नगरपालिका ४  स्थित मुर्गियामा रहेको स्टार बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्रका बचत कर्ताले रकम फिर्ता माग गरेका छन् । बिहीबारर करिब सय जना  बचतकर्ता बचत रकम फिर्ता माग गर्दै कार्यालयमा पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टका अनुसार  बचतकर्ता भेला भएपछि इप्रका रन्यौराबाट प्रहरी टोलि खटिएको थियो। प्रनानी जंगबहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोलिले दुबै पक्षलाई राखेर छलफलको प्रयास गरेको थियो।

सहकारीका प्रतिनिधि र बचत कर्तालाई प्रहरी कार्यालयमा बोलाई छलफल भएको थियो। शुक्रबार दिउँसो ३ बजे सहकारीको लेखा समितिको पदाधिकारीहरुलाई बोलाएर छलफल गर्ने गरी बिहीबारको छलफल टुंगिएको छ। दुबै पक्ष बसेर छलफल गर्ने र पहिलो किस्ता असोज १८ गतेसम्म र दोस्रो किस्ता २०८१ असोज १८ देखि प्रत्येक महिनाको १५ गते १५ हजारका दरले फिर्ता गर्ने गरी सहमति गर्ने गरी बिहीबारको छलफल टुंगिएको प्रहरीले जनाएको छ ।

स्टार सहकारीको सेवा केन्द्रको रुपमा रहेको यस सहकारीले करोडभन्दा बढि बचत रकम फिर्ता गर्न आनाकानी गरेको बचतकर्ताको गुनासो रहेको छ। बचत फिर्ता नपाएपछि मजदुर, किसान, सैलुन व्यवसायी जो आर्थिक रुपमा कमजाेर भएका बचतकर्ता बढि मारमा परेका छन् ।