१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
शिल्पा कर्ण काठमाडौं
Invalid date format २o:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको प्रमाणपत्र सक्कली देखिएपछि सफाइ

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५२:oo

विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ दिएको छ। बिहीबार विशेषले उप–अनुसन्धान निर्देशकका पदमा कार्यरत हेमन्त चौधरीमाथि कसुर पुष्टि नहुने फैसला गरेको हो। 

चौधरीले भारतको मगध विश्वविद्यालय बोधगयाबाट बिए उत्तीर्ण गरेको भनी शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। जसका आधारमा उनको बढुवा भएको थियो। उनले झुटा शैक्षिक योग्यता पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको दाबी अभियोग-पत्रमा थियो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २७ जेठमा उनीमाथि मुद्दा चलाएको थियो। जसमा विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले सफाइ दिने फैसला गरेको हो।