१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न छिमेकीको सहयोग आवश्यक : मन्त्री पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५१:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रूपमा सञ्चालन गर्न छिमेकी मुलुकहरूको बलियो सहयोग आवश्यक रहेको बताएका छन्।

भारतको नयाँ दिल्लीमा बुधबारबाट सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

आइकाओ तथा अन्य सदस्य मुलुकहरूलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गर्दै उनले त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार रहेको बताए।

मन्त्री पाण्डेले भने, ‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरू अहिलेसम्म सर्टिफाई भइसकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रूपमा सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौँ। यसबाट पनि हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिबद्धता स्पष्ट हुनेछ।’

नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइट अडिट प्रोग्राम (युएसओएपी) कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरू मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको स्मरण गर्दै पाण्डेले भने, ‘सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अंक हासिल गरेको कुरा यहाँ जानकारी गराउन पाउँदा म हर्षित छु।’ 

नेपालले ग्लोबल एभिएसन सेफ्टिी प्लानका मुख्य सिद्धान्तहरूलाई नेसनल सेफ्टी प्लानमा सफलतापूर्वक एकीकृत गराइसकेको उल्लेख गर्दै उनले भने, ‘सिकागो कन्भेन्सको एउटा हस्ताक्षरकर्ता मुलुक भएका नाताले हामीले सो कन्भेन्सनका सिद्धान्तहरूलाई स्वीकार गरेका छौँ र दुर्घटना अनुसन्धानको स्वतन्त्र जाँचबुझ गर्न स्थायी निकायको स्थापनाका लागि नयाँ कानुन निर्माणको काममा अगाडि बढिसकेका छौँ।’