मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २२ शनिबार २o:o६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

डिआइजी कार्कीको नेपाल प्रहरीसम्बन्धी गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार २o:o६:oo

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीको ‘फूलको बासना सरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

अन्तर्राष्ट्रिय प्रहरी सहयोग दिवसका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले निर्वाह गरिरहेको कर्तव्यबारे सन्देश दिने गीत सार्वजनिक गरेका हुन्। 

प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी कार्कीले शब्द सिर्जना गरेको गीतलाई राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ।

‘मैले लेखेको नेपाल प्रहरीको भावना बोल्ने गीत ‘फूलको बासना सरी’ आजबाट सार्वजनिक भएको छ,’ डिआइजी कार्कीले भने, ‘घाम, पानी, जाडो नभनी हरेक प्रतिकूलतामा कर्तव्य निर्वाह गर्ने प्रहरी कर्मचारीको अव्यक्त भावना गीतमार्फत बोल्ने प्रयास गरेको हुँ।’