१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
एजेन्सी मुम्बई
Invalid date format १४:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रकेट आक्रमणपछि भारतमा विद्यालय बन्द

Read Time : < 1 मिनेट
एजेन्सी, मुम्बई
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एकजना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ। जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबिच लडाइँ सुरु भएको थियो। 

स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने जनाइएको छ। शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो भने स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ। ब्यारेजमा एक व्यक्तिको मृत्यु भएको र ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

आक्रमणको जवाफमा अधिकारीलाई संदिग्ध कुकी आतंककारीहरूले गोली हानेपछि जवाफी आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ। मणिपुरका पूर्वमुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार हुँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसाको वृद्धि भएको जनाएको छ। मेइतेई र कुकी समुदायहरूबिच जमिन र सार्वजनिक रोजगारीका लागि भएको विवादबिच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानव अधिकारवादी समूहले लगाएका छन्। रासस/एएफपी