१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश सुवेदी काठमाडौं
Invalid date format १४:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पेरिस पारा ओलम्पिक : पहिलो खेलमा विजयी हुँदै पलेशा अन्तिम आठमा

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१९:oo

पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकअन्तर्गत तेक्वान्दो खेलको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन्।

शुक्रबार भएको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई सहजै हराइन्। उनले पिटिजीको आधारमा ३१–० को सहज जित निकालेकी हुन्। 

पलेशाले अब सेमिफाइनल प्रवेशका लागि आजै अपराह्न ४ बजे ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन्।

यसअघि चीनमा आयोजना भएको छनोट पार गर्दै पलेशाले पेरिस ओलम्पिकमा स्थान बनाएकी हुन्। गत चैतमा भएको छनोटमा उनले स्वर्ण पदक जितेकी थिइन्। 

छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्। त्यसअघि उनले टोकियो पारा ओलम्पिक पनि खेलेकी थिइन्। जहाँ उनले कांस्य पदक जितेकी थिइन्।