१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाबालिकालाई जबर्जस्ती यौन धन्दामा लगाउने दुई पक्राउ, पाँच बालिकाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o१:oo

नाबालिकालाई जबर्जस्ती यौन धन्दामा लगाउने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन्। 

मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा खाजाघर एन्ड गेस्ट हाउस खोलेका थिए। सोही गेस्ट हाउसमा उनीहरूले बालिका तथा युवतीलाई जबर्जस्ती यौन धन्दामा लगाउँदै आएका थिए। घटनास्थलबाट प्रहरीले पाँच बालिकालाई उद्धार गरेको छ। 

प्रहरीका अनुसार उनीहरूलाई आर्थिक अवस्था कमजोर भएका बालिकालाई सरसफाइ तथा भाँडा माझ्ने काम गर्न भनेर गेस्ट हाउसमा ल्याउँथे। उनीहरूलाई कोठामा थुन्थे, अनि सम्पर्कमा आएका ग्राहकसँग जबर्जस्ती यौन सम्पर्क गर्न लगाउँथे। 

प्रहरीका अनुसार बालिकाहरूलाई प्रतिदिन ६ जनासम्म ग्राहकसँग यौन सम्पर्क गर्न लगाउँथे। प्रतिग्राहक पाँच सय रुपैयाँ दिने भनिए पनि आर्थिक शोषणसमेत गर्दै आएका थिए। गेस्ट हाउसबाहिर लैजाने ग्राहकसँग भने उनीहरूले प्रतिरातको आठ हजार रुपैयाँ असुल्थे।