१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 04 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जलविद्युतमा विदेशी लगानी ल्याउन वातावरण बनाउँछौँ : अर्थमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४o:oo

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउन सरकारले वातावरण निर्माण गर्ने बताएका छन्।

बुधबार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले नेपालको समृद्धिको लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्ने भन्दै ऊर्जा उत्पादन र निर्यातमा भन्दा पनि आन्तरिक खपतमा जोड दिनुपर्ने बताए।

नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुने गरी ठुलाठुला बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग लगाउन प्रोत्साहन गर्ने नीति सरकारले लिने पनि पौडेलले बताए।

ऊर्जा उत्पादनमा समय र जवानी लगाएका ऊर्जा उद्यमीहरूले समस्या छन् भनेर थाक्न नपाइने भन्दै उनले समस्याहरू एक-एक गरी समाधान गर्न बृहत् छलफलमा आउन ऊर्जा उद्यमीहरूलाई आग्रह गरे।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाली बैंकहरूले विदेशी लगानीका ठुला विद्युत् आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी जलविद्युत् आयोजनाले लगानी नपाएको बताए।

‘बैंकहरूसँग जलविद्युतमा गर्ने लगानीको एउटा सानो सीमा छ,’ उनले भने, ‘विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी देखाउँदै स्वदेशी जलविद्युत् आयोजनामा लगानी गर्न सीमा सकियो भन्छन्। विदेशी लगानीका आयोजनामा गरिएको लगानीलाई सीमाभन्दा बाहिर राख्ने वा विदेशी लगानीका आयोजनामा नेपाली बैंकले लगानी गर्न नपाउने व्यवस्था गर्न आवश्यक भइसकेको छ।’

छुटाउनुभयो की ?