१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभाबाट निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

सुदूरपश्चिम प्रदेश सभाबाट निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक पारित भएको छ।
प्रदेश सभाको मंगलबार बसेको बैठकले ‘सुदूरपश्चिम निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए।

कांग्रेस र एमालेका सांसदकाे बहुमत रहेको बैठकले ध्वनिमतको आधारमा बहुमतले विधेयक पारित गरेको थियो। तथापि, बैठकमा सत्तापक्षकै दल नागरिक उन्मुक्तिका सांसदले विरोध जनाए। उक्त विधेयक समावेशिताको सिद्धान्तविपरीत आएको भन्दै विपक्षी दल माओवादी केन्द्रले समेत विरोध गरेको थियो। 

विधेयक थारू समुदायको मर्म र भावनाविपरीत आएको उनीहरूको भनाइ थियो। उनीहरूले विधेयकमार्फत निजामती सेवामा राना थारू समुदायको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने आवाज उठाएका थिए।