१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 03 June, 2025
Invalid date format २१:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचबिखन तथा ओसारपसार आरोपमा एक चिनियाँसहित तीन पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o५:oo

मानव बेचबिखन तथा ओसारपसार आरोपमा पोखरामा एक चिनियाँसहित तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा चीनको हुनान प्रान्त स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड खहरेस्थित पारामाउन्ट गेस्ट हाउसमा बस्ने वर्ष ३१ का जेडहाइ मिङ चेन, लम्जुङ घर भई पोखरा १६ संगमटोल बस्ने २२ वर्षीया सरू विक र पोखरा २२ आर्वा बस्ने ३४ वर्षीया भगवती अधिकारी रहेको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

थापाका अनुसार १४ वर्षीया एक बालिकालाई उनको अभिभावकलाई कुनै जानकारी नदिई सरू र भगवतीले तिमी दुःख पाएकी केटी रहेछौ, हामीहरूले चाइनिज नागरिकलाई चिनेका छौँ, तिमीले ऊसँग विवाह गरे भविष्य राम्रो हुन्छ भनेर ललाइफकाई १३ साउनमा जेडहाइसँग विवाह गराइदिएका थिए। जेडहाई ९० दिनको भिजिट भिसामा नेपाल आएका थिए।

सरू र भगवतीले जेडहाइसँग आर्थिक लाभ लिई ती बालिकाको विवाह गराइदिएपछि लेकसाइडस्थित स्ट्रिट नम्बर ५ मा रहेको होटेल मिराकलमा जेडहाईले बालिकालाई बन्धक बनाई राखेका थिए। बन्धक अवस्थामा रहेकी पीडित बालिका होटेलबाट भाग्न सफल भएकी थिइन्।

त्यसपछि ती बालिकाले आफ्नो अभिभावकसँग समन्वय गरी उनकी आमाले आफ्नो छोरीलाई बेचबिखन गर्ने उद्देश्यले ललाइफकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटेल कोठामा लगेर बन्धक बनाई राखेका हुँदा कारबाही गरी पाऊँ भनी मानव बेचबिखन तथा ओसारपसार कसुरमा मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि खटिएको प्रहरी टोलीले उनीहरू तीनजनालाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूलाई बुधबार कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।