मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

करवृद्धिको विरोधमा हेटौँडामा व्यवसायीको धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

हेटौँडा उपमहानगरपालिकाले करवृद्धि गरेको विरोधमा हेटौँडाका व्यवसायीले उपमहानगरपालिका कार्यालयअगाडि धर्ना दिएका छन्।

बुधबार मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरूले उपमहानगरको गेटमा धर्ना दिएका हुन्। पहिलो चरणको आन्दोलनअन्तर्गत आज तेस्रो दिन उनीहरूले एक घण्टा धर्ना दिएका छन्।

र्‍यालीसहित उपमहानगरपालिकाको गेटमा पुगेका व्यवसायीहरूले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज गर्नुपर्ने माग राखेका थिए। उपमहानगरले १६ देखि १५० प्रतिशतसम्म कर बढाएको भन्दै बढाएको कर खारेजीको निर्णय नगरेसम्म आन्दोलन जारी राख्ने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए।

व्यवसायीको आन्दोलनलाई मकवानपुर उद्योग वाणिज्य संघमातहतको १८ भन्दा बढी वस्तुगत संघहरूले ऐक्यबद्धता जनाएका छन्।

यसअघि व्यवसायीहरूले करवृद्धिको निर्णय खारेज हुनुपर्ने भन्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालगायत मन्त्रीहरूलाई समेत मंगलबार ज्ञापनपत्र बुझाएका थिए।