मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ड्युटीमा खटिएका हवल्दारलाई गाडीमा राखेर भाग्नेविरुद्ध अपहरण मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२o:oo

ड्युटीमा खटिएका नेपाल प्रहरीका हवल्दारलाई जबर्जस्ती गाडीमा राखेर भाग्नेविरुद्ध अपहरण मुद्दामा अनुसन्धान अघि बढेको छ। सिन्धुलीको सडकमा खटिएका ट्राफिक प्रहरीका सहायक हवल्दार सन्दीपनारायण दासको अपहरण भएको हो।

गत १२ साउनमा उनी कमलामाई नगरपालिका– ४ स्थित हिरापानी चेकपोस्टमा मापसे चेकजाँचमा खटिएका थिए। उनले बिआर २२ एपी ७३२१ नम्बरको भारतीय कार मापसे जाँचका लागि रोकेका थिए। चेकजाँचको क्रममा विवाद भएपछि गाडीमा रहेका भारतीयले सहायक हवल्दार दासलाई जबर्जस्ती गाडीमा राखेर भागेका थिए।

पछि सँगै डिउटीमा रहेका अन्य प्रहरीले मोटरसाइकलमा पछ्याएर करिब तीन सय मिटर टाढा सो गाडी रोकी दासको उद्धार गरेका थिए। गाडीमा रहेका पाँचैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही अघि बढाइएको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए।

पक्राउ पर्नेहरू बिहारको सीतामढीका बासिन्दाहरू छन्। उनीहरू नेपालमा धार्मिक भ्रमणमा आएका थिए। मदिरा पिएर उनीहरूले गाडी चलाएको प्रहरीले जनाएको छ।