Skip This
कुलमानको पक्षमा नागरिक सडकमा (फाेटाेफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
संजित परियार काठमाडौं
Invalid date format १६:१२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कुलमानको पक्षमा नागरिक सडकमा (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१२:oo

डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल विवादमा सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि ‘अनावश्यक’ दबाब बढाएको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ।

घिसिङको समर्थनमा जम्मा भएका नागरिकले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म र्‍याली निकालेका छन्।

०७२-७३ सम्म नोक्सानीमा रहेको प्राधिकरण कुलमान नेतृत्वमा आएयता निरन्तर नाफामा छ। २५.७८% भइरहेको विद्युत् चुहावट अहिले १२.७३% मा झरेको छ। यसबाट मात्रै प्राधिकरणले प्रतिवर्ष करिब १२ अर्ब थप आम्दानी गरेको छ। विद्युतको बजार भारतदेखि बंगलादेशसम्म विस्तार भएको छ। 

घिसिङले सरकारको शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरे पनि सरकारले पूर्वाग्रह राखेको उनीहरूको भनाइ छ। 

सरकारले घिसिङमाथि अन्याय गरिरहेको तथा सीमित ठूला उद्योगीलाई विद्युतको बक्यौता तिर्न नपर्ने निर्णय गर्ने सम्भावना रहेको भन्दै दबाब दिन र्‍याली निकालेको उनीहरूको भनाइ छ। 

र्‍यालीमा सहभागीहरूले २२ अर्ब विद्युत् बक्यौता रकम असुल गर, अँध्यारो र उज्यालो फरक छर्लंग छ, माइतीघरमा युवाहरूको लर्को, बालुवाटारमा ओलीलाई झर्को, माफियाको सत्ता, बिजुली चोरलाई भत्ता, देउवा–ओलीलाई पेन्सन, युवाहरूलाई नदेऊ धेरै टेन्सन, तानाशाही सरकार मुर्दावादलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। 

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका।