Skip This
दोधाराचाँदनीमा बाघको पुनः त्रास
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १५:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दोधाराचाँदनीमा बाघको पुनः त्रास

गएराति चारवटा बाख्रा मारिएपछि स्थानीय चिन्तित

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १५:५९:oo

बाघको आक्रमणबाट १७ साउनमा दोधाराचाँदनी नगरपालिका– २ कमलशाह टोलकी २६ वर्षीया हीराकुमारी शाहले ज्यान गुमाइन्। यो घटनाले स्थानीयको होसहवास मात्र उडेन, दैनिकी नै प्रभावित हुन पुग्यो।

शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जको वन्यजन्तु उद्धार केन्द्र रम्मापुर पठाइएपछि स्थानीयको चिन्ता हरायो। तर, नरभक्षी बाघ नियन्त्रणमा लिएको २४ घण्टा पनि नबित्दै चारवटा बाख्रा मारिएपछि स्थानीय पुनः चिन्तित बनेका छन्।

बाख्रा मारिएपछि बाघजस्तै नरभक्षी जनावर गाउँ पसेको भन्दै स्थानीयले जनप्रतिनिधि, प्रहरी र निकुञ्जका अधिकारीलाई पुनः गुहारेका छन्।

स्थानीयका अनुसार देवीस्थानका महेश रोकाया, जमुनाभाडीका ओमप्रकाश रोकाया, श्याम सुनार र धनबहादुर सुनारका एक-एक बाख्रा शुक्रबार राति मारिएका छन्। चारै किसानका गोठमा बाँधिएका बाख्रामाथि आक्रमण भएको हो।

दोधाराचाँदनी नगरपालिका– ३ का स्थानीय देवेन्द्र भण्डारीका अनुसार पुनः अर्को नरभक्षी बाघ गाउँ पसेर बाख्रा खाएको आशंकामा स्थानीय त्रसित बनेका छन्। 

‘शुक्रबार राति अलग–अलग स्थानमा गोठमै बाँधेका बाख्रा मारिएपछि पुनः गाउँमा बाघ पसेको भन्दै स्थानीय त्रसित छन्,’ उनले भने, ‘त्यसैले अब सचेत हुनुपर्ने र खोजी गरेर नियन्त्रण गर्नुपर्छ।’

दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले गाउँमा पुनः बाघ आएको भन्दै स्थानीय पुनः त्रासमा रहेको बताए। ‘अलगअलग गोठबाट चारवटा बाख्रा खसी मारिएपछि स्थानीय त्रसित बनेका हुन्,’ उनले भने, ‘बाख्रा खाएको आधारमा बाघ नै गाउँ पसेको अनुमान गर्न त सकिन्छ, तर सबै बाख्रा बाघले मात्रै खाएको विश्वास गर्ने आधार छैन, तैपनि नगरवासीले सचेत हुनुपर्छ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख प्रमोदकुमार यादवले दोधाराचाँदनीमा बाख्रा खाएको खबर आएको बताए। शुक्रबार राति नै बाघ देखिएको भनिएको स्थानमा राँगो छाडिएको र केही स्थानमा ड्रोन क्यामेराबाट हेरे पनि केही नभेटिएको उनले जानकारी दिए।

अघिल्लोपटक बाघले हीराकुमारीमाथि आक्रमण गरेपछि निकुञ्जले त्यस स्थानमा राँगा छाडेर नरभक्षी बाघलाई आकर्षित गरेको थियो। र, त्यसपछि नियन्त्रणमा लिएको थियो। यसपटक राँगा छाड्दा बाघ नआएको उनले बताए।

‘फोटो हेर्दा बाख्राको डोरीसमेत घाँटीबाट चुटिएको छैन भने बाख्राको पेटमा आक्रमण भएको देखिन्छ। त्यसैले बाघले नै आक्रमण गरेको हो भनेर ठोकुवा गर्न सकिँदैन,’ निमित्तप्रमुख यादवले भने, ‘अब प्राविधिक टोली पठाएर अनुसन्धान गछौँ।’ 

स्थानीयले भने हीराकुमारीमाथि आक्रमण गरेको भाले बाघसँगै रहेको पोथी बाघ भएको आशंका गरेका छन्। बाघ नै नभए पनि चितुवा गाउँ पसेको हुन सक्ने उनीहरूको आशंका छ। भारतीय पिलिभित टाइगर रिजर्व जंगलबाट दोधाराचाँदनीमा बाघ आएको अनुमान स्थानीयको छ।