१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन्। सरकारका मन्त्रीसहित प्रदेश प्रमुखको कार्यालय पुगेर उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका हुन्। केहीबेरअघि बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै सोडारीले पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो। तर, मुख्यमन्त्री सोडारी मत विभाजनमा नगई मार्गप्रशस्त गरेको घोषणा गरे । लगत्तै प्रदेश प्रमुखको कार्यालय गएर राजीनामा बुझाएका हुन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको एक पक्षको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी गत ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए। गत २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सत्तासाझेदार दलले समर्थन फिर्ता लिएपछि सदनबाट एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने शुक्रबार अन्तिम सीमा थियो।

सदनलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले सदनबाट बजेट पारित हुने अवस्था नआएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजे पनि प्रतिपक्षीका कारण ल्याउन नपाएको बताए । बजेट ल्याइसकेपछि एमालेका अर्थमन्त्री र दलको नेताले ऐतिहासिक र क्रान्तिकारी बजेट भनेको, तर पारित गर्ने वेला अलपत्र छोडेको उनले बताए।

सरकारले गरेको सदनको अधिवेशनको सिफारिस प्रदेश प्रमुखले रोकेर राखेकोप्रति पनि उनले सदनमा असन्तुष्टि व्यक्त गरे । ‘संसारमा कहीँ नभएको जात्रा कार्यकारीले अधिवेशन अन्त्य गरेको पाँच दिनपछि अस्वीकृत भयो, त्यो सँगसँगै अर्को विशेष अधिवेशनको अर्को चिठी आइपुग्यो,’ उनले भने, ‘मैले अध्यादेश ल्याउन दिनोस्, मार्गप्रसस्त गरिदिन्छु भनेको थिएँ।’