१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२४ घण्टापछि नियन्त्रणमा आयो नरभक्षी बाघ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:४६:oo

दोधाराचाँदनी नगरपालिका– २ कमलशाहकी २६ वर्षीया हिराकुमारी शाह (साहु)माथि आक्रमण गर्ने बाघ २४ घण्टापछि नियन्त्रणमा आएको छ। हिराकुमारीलाई आक्रमण गरेको दोस्रो दिन (२४ घण्टा)मा सो बाघलाई नियन्त्रणमा लिइएको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत एवं सूचना अधिकारी मनोजकुमार ऐरले उखुबारीमा लुकेर बसेको बाघ शुक्रबार बिहान ९ः३५ बजेतिर डार्ट हानेर नियन्त्रणमा लिएको बताए। ‘पहिलो दिन बाघ नियन्त्रणमा लिन सकिएन, दोस्रो दिन खोजी सुरु गरेको एक–डेढ घण्टामै नियन्त्रणमा आएको छ,’ उनले भने, ‘पहिलो डार्टमै बेहोस भयो, त्यसपछि नियन्त्रणमा लिन सफल भएका छौँ।’

हिराकुमारीको मृत्यु भएकै दिन निकुञ्जका चार हात्तीसहित डार्ट प्राविधिक टोली, सुरक्षा निकाय खटिएका थिए। पहिलो दिन फेला नपरेपछि उखुबारीमा राँगो छाडिएको थियो। राँगोसमेत खाएको बाघलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो। मानिसमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जको चिडियाखानामा लैजाने तयारी भइरहेको सूचना अधिकारी  ऐनले बताए।

आफ्नै खेतबारीमा धान गोडिरहेकी हिराकुमारीलाई घिसार्दै उखुबारीमा लगेको बाघ अन्दाजी १२ देखि १४ वर्ष, झन्डै दुई सय किलो तौल, २८४ सेन्टिमिटर लामो, काँधको उचाइ १२२ सेन्टिमिटर, छातीको गोलाइ ११२ सेन्टिमिटर, पुच्छरको लम्बाइ ९८ सेन्टिमिटर, अगाडिको खुट्टाको दुई नङ्ग्रा नभएको, पछाडिको बायाँ खुट्टामा एउटा नङ्ग्रा नभएको रहेको छ । उक्त बाघको शरीरको केही भागमा चोट लागेको छ।