Skip This
रास्वपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३९:oo

रास्वपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ। पार्टी महामन्त्री र प्रवक्ता डा. मुकुल ढकाललाई पदमुक्त गरेपछि रास्वपाले आयोगमा विवरण अद्यावधिक गरेको हो।

गत १९ असारमा ढकाललाई निलम्बन गरेको रास्वपाले २५ असारमा बसेको केन्द्रीय समितिको बैठकबाट अनुशासनात्मक कारबाही गर्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्यसमेतको जिम्मेवारीबाट पदमुक्त गरेको थियो।

रास्वपाले आज आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम राजनीतिक दलसम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनुपर्ने व्यवस्था भएबमोजिम रास्वपाले एक महिना पुग्नुअगावै विवरण हेरफेरको जानकारी आयोगलाई बुझाएको छ। 

रास्वपाले रिक्त महामन्त्रीको पदको जिम्मेवारी कार्यबाहक महामन्त्रीको रूपमा सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई दिएको छ भने रिक्त प्रवक्ताको जिम्मेवारी कार्यबाहक प्रवक्ताको रूपमा सहप्रवक्ता एवं सांसद मनीष झालाई दिएको छ।