१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १४ सोमबार
  • Sunday, 08 June, 2025
सुवास भट्ट काठमाडौं
२o८१ श्रावण १४ सोमबार २१:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकैपटक २२ सचिवको सरुवा

Read Time : < 1 मिनेट
सुवास भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १४ सोमबार २१:१९:oo

सरकारले एकैपटक २२ सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। २४ घण्टापछि मात्र निर्णय सार्वजनिक गर्ने नीतिअनुसार सरुवाको ओैपचारिक निर्णय सार्वजनिक भएको छैन। 

यद्यपि, प्रारम्भिक रूपमा प्राप्त जानकारीअनुसार अर्थसचिव मधु मरासिनीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ल्याएर सामान्य प्रशासन सचिव मुकुन्द निरौलालाई श्रम मन्त्रालय सरुवा गरिएको छ।

श्रमसचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा गरिएको छ। उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने सञ्चारसचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ। 

अख्तियार सचिव रामेश्वर दंगाललाई रक्षामा सरुवा गरेर रक्षासचिव किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएकोछ । वित्त आयोगका सचिव मधुसुदन बुर्लाकोटीलाई वाणिज्य मन्त्रालय पठाइएको छ भने वाणिज्यसचिव दिनेशकुमार घिमिरेलाई अर्थ मन्त्रालयमा राजस्वसचिव बनाएर ल्याइएको छ।

खानेपानी मन्त्रालयको सचिवमा नेपाल ट्रस्टकी सचिव प्रमिलादेवी बज्राचार्यलाई ल्याइएको छ। जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ।