१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 04 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बुटवल पावर कम्पनीलाई आइक्यानको गोल्ड अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

बुटवल पावर कम्पनी लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को गोल्ड अवार्डबाट सम्मानित भएको छ। ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार २०२३’ अन्तर्गत कम्पनीले ‘पावर एन्ड इनर्जी’ विधामा गोल्ड अवार्ड पाएको हो । 

आर्थिक वर्ष ०७९-८० मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो। श्रावण ५ गते काठमाडाैंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका थिए।

कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा)ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागिसमेत प्रतिस्पर्धा गर्ने बताइएको छ।

बुटवल पावर कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत् केन्द्रहरूबाट विद्युत् उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँचीका करिब ६३ हजार ग्राहकहरूलाई विद्युत् वितरण गर्दै आएको छ। हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत् आयोजनाहरूमा कम्पनीको लगानी छ।

निर्माणको चरणमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजना, पूर्वनिर्माणको चरणमा रहेका मर्स्याङ्दी बेसिनस्थित करिब ६०० मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाहरू कम्पनीको लगानी रहेको छ। ७.८ मेगावाट क्षमताको चिनोखोला जलविद्युत् आयोजना निर्माण गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
 

छुटाउनुभयो की ?