Skip This
रुसमा शीर्ष जापानी व्यापारीलाई प्रतिबन्ध, टोकियोद्वारा विरोध प्रकट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
टोयोटाका प्रमुख अकिओ टोयोडा । तस्बिर : एएफपी
रासस टोकियो
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसमा शीर्ष जापानी व्यापारीलाई प्रतिबन्ध, टोकियोद्वारा विरोध प्रकट

Read Time : < 1 मिनेट
रासस, टोकियो
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

टोकियोले बुधबार टोयोटाका प्रमुखलगायत अन्य १२ जना वरिष्ठ जापानी व्यापारीलाई देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने रुसको निर्णयको विरोध गरेको छ।

रुसी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रतिबन्ध सूचीमा टोयोटाका अध्यक्ष अकिओ टोयोडा, राकुटेन प्रमुख हिरोशी मिकितानी र सरकारसमर्थित जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष अकिहिको तनाकाको नाम समावेश छ। 

‘जापानले विशेष सैन्य अप्रेसनको सम्बन्धमा हाम्रो देशविरुद्ध जारी गरेको प्रतिबन्धहरूको प्रतिक्रियामा यो निर्णय गरिएको हो,’ रुसी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। रुसले मित्सुबिसी, होन्डा र सोनीजस्ता प्रमुख जापानी कम्पनीका प्रमुखको नाम समावेश नभएको उक्त सूचीका लागि व्यक्तिहरू कसरी छानिए भनेर व्याख्या गरेको छैन।

जापानले युक्रेनलाई आर्थिक र भौतिक समर्थन प्रदान गरेको छ भने रुसी व्यक्ति र संस्थाहरूलाई प्रतिबन्ध लगाएको छ। जापानको संविधानले हतियार निर्यात गर्न प्रतिबन्ध लगाएको छ। तर, डिसेम्बरमा टोकियोले घरेलु रूपमा निर्माण गरिएको प्याट्रियट मिसाइलहरू संयुक्त राज्य अमेरिकामा निर्यात गर्न आफ्नो हतियार निर्यात नियन्त्रणलाई खुकुलो बनाएको थियो।

युक्रेनमा आपूर्ति गरिएका कारण अमेरिकामा कम भएका हवाई रक्षा मिसाइलको संख्या बढाउने उद्देश्यले जापानले यो कदम चालेको थियो।

‘रुसको यस घोषणाले जापानी कम्पनीहरूको निष्पक्ष गतिविधिलाई प्रतिबन्धित गर्नेछ जुन पूर्ण रूपमा अस्वीकार्य छ,’ जापानी सरकारका प्रवक्ता योसिमासा हयासीले बुधबार भने, ‘रुस–युक्रेन द्वन्द्वका कारण हामीमा लगाइएका प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुनको स्पष्ट रूपमा उल्लंघन हो।’