Skip This
राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : उपराष्ट्रपति ह्यारिस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
तस्बिर : एपिएफ ।
Invalid date format १२:५९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : उपराष्ट्रपति ह्यारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५९:oo

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्य्राटिक पार्टीबाट उम्मेदवार बन्न पर्याप्त समर्थन रहेको बताएकी छिन्।

‘आफ्नो पार्टीबाट उम्मेदवार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेकी छु। म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछु,’ ह्यारिसले  एक विज्ञप्तिमार्फत भनेकी छिन्।

डेमोक्य्राटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ राष्ट्रपतिय चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका थिए। उनले पनि डेमोक्य्राटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारका रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका थिए।

ह्यारिसले पूर्वसभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्य्राटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाइएको छ। (रासस/सिन्ह्वा)