१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format o७:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बाबर, साहिन र रिजवानले पाएनन् ग्लोबल टी–२० खेल्ने अनुमति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१४:oo

पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)ले राष्ट्रिय टोलीका बाबर आजम, साहिन साह अफ्रिदी र मोहम्मद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी–२० खेल्न अनुमति दिन अस्वीकार गरेको छ । छनोट कमिटीसँग परामर्शपछि पिसिबीले तीन खेलाडीलाई एनओसी दिन अस्वीकार गरेको हो । पिसिबीले गत साता द हन्ड्रेड बलमा आबद्ध नसिम साहको एनओसी पनि अस्वीकार गरेको थियो । बाबर र रिजवान भ्यानकुभर नाइट्स र साहिन टोरोन्टो नेसनल्समा आबद्ध छन् । 

ग्लोबल टी–२० लिग २५ जुलाईदेखि २१ अगस्ट हुँदै छ । ग्लोबल टी–२० लिग सञ्चालन भइरहँदा पाकिस्तानको अन्तर्राष्ट्रिय खेलको तालिका छ । तर, वार्षिक क्यालेन्डरअनुसार खेलाडीलाई तत्काल अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा खेल्न एनओसी नदिएको पिसिबीले जनाएको छ । खेलाडी छनोट कमिटीले राष्ट्रिय खेलाडीको प्रदर्शनमा सुधार गर्नुपर्ने जनाएको छ । 

गत महिना वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपमा पाकिस्तान समूह चरणबाटै बाहिरिएको थियो । भारत र आयोजक अमेरिकासँग पराजित हुँदा पाकिस्तान समूह चरणबाट बाहिरिएको हो । विश्वकपको असफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा राम्रो नतिजा निकाल्न खेलाडीलाई नियमित प्रशिक्षणमा राख्नुपर्ने छनोट कमिटीको भनाइ छ । 

खेलाडीहरू विभिन्न राष्ट्रमा लिग आबद्ध हुँदा राष्ट्रिय टोलीको प्रदर्शन बिग्रने पिसिबीले जनाएको छ । ‘बाबर, साहिन र रिजवान तीनवटै फम्र्याटका मुख्य खेलाडी भएकाले उनीहरू फिट हुनुपर्छ, फ्रेन्चाइज लिग खेलिरहँदा खेलाडी घाइते हुने सम्भावना छ,’ पिसिबीको विज्ञप्तिमा भनिएको छ, ‘तीनवटै फम्र्याटमा यी तीन खेलाडी मुख्य हुन्, उनीहरूमाथि कुनै जोखिम लिन तयार छैनौँ ।’ आगामी आठ महिनाभित्र पाकिस्तानले नौ टेस्ट, १४ दिवसीय र नौवटा टी–२० खेल खेल्नेछ । अगस्ट २०२४ देखि मार्च २०२५ सम्मा पाकिस्तानले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप खेल्नेछ । 

चार खेलाडीलाई अनुमति 
पिसिबीले आसिफ अली, इफ्तिखार अहमद, मोहमद आमिर र मोहमद नवाजलाई भने एनओसी दिएको छ । ती चार खेलाडी पाकिस्तानको एकदिवसीय टोलीमा छन् । सन् २०२५ मा पाकिस्तानले आइसिसी च्याम्पियन्स ट्रफी प्रतियोतिगा आयोजना गर्दै छ । ती प्रतियोगिताको मध्यनजर गरेर मुख्य खेलाडीलाई एनओसी नदिएको पिसिबीले जनाएको छ । ‘आठ महिना खेलाडीहरू अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त हुनुपर्छ, त्यसका लागि शतप्रतिशत तयारी अवस्थामा बस्नुपर्छ,’ पिसिबीले भन्यो ।