१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै वर्षमान पुन । तस्बिर : अमुल थापा/नयाँ पत्रिका।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले अपारदर्शी ढंगले गठबन्धन तोड्यो : माओवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५२:oo

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमालेले अपारदर्शी ढंगले गठबन्धन तोडेको दाबी गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै पुनले यस्तो बताएका हुन्।

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले प्रधानमन्त्री ओलीले आजको बैठकमा दाबी गरेजस्तो देश निराशाको अवस्थामा नभएको भन्दै गलत तथ्यांक प्रस्तुत गरेको जिकिर गरे।

उनले खराब नियतले कांग्रेस–एमाले मिलेको र संविधान संशोधनको मुद्दा अघि सारेको जिकिर गरे। ‘साँच्चिकै संविधान संशोधन केका लागि गर्ने ? कतातिर जान ? साना दल र समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता आयो भन्नुभएको छ । के साँच्चै त्यसो देखिएको छ ? नेकपा हुँदा दुईतिहाइको प्रधानमन्त्री हुँदा के गर्नुभयो ?’ उनले भने।