मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
रासस चितवन
Invalid date format १५:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको मृत्यु

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
Invalid date format १५:३६:oo

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २ निवासी ४२ वर्षीया सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार यही साउन ४ गते वडा नम्बर २ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना.२१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार सूर्य न्यौपानेले महिलालाई ठक्कर दिएका थिए। उनको उपचारका क्रममा आइतबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।