मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:२९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शिक्षामन्त्री भट्टराईले गरिन् दुईमध्ये एक मात्रै फाइल सदर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:२९:oo

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेलगत्तै पेस भएका दुईमध्ये एक मात्रै फाइल सदर गरेकी छिन् । पदभार ग्रहण गरेलगत्तै मन्त्रीलाई दुईवटा फाइलमा निर्णय गराउने परम्पराअनुसार सोमबार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले पेस गरेका थिए ।

जसमध्ये मन्त्री भट्टराईले विद्यार्थीको दिवा खाजासम्बन्धी फाइल सदर र मन्त्रालयमा कार्यरत एक उपसचिवलाई सहसचिवमा बढुवा गर्नुपर्ने फाइल फिर्ता गरेकी हुन् । मन्त्री भट्टराईले सदर नगरेको बढुवाको फाइल उपसचिव हरिप्रसाद खनालको हो । उमेरहदका कारण दुई दिनपछि उनी अवकाश हुँदै छन् । तर, मन्त्री भट्टराईले फाइल रोकेपछि उनको बढुवा अन्योल भएको छ । 

शिक्षामन्त्री भट्टराईले सार्वजनिक शिक्षालाई सुधार गर्दै यसप्रति आशा र विश्वास बढाउने गरी काम गर्ने बताइन् । सामुदायिक विद्यालयहरूमा देखिएका समस्या समाधान गर्ने, गुणस्तरीयता कायम हुने गरी काम गर्ने बताइन् । ‘सार्वजनिक शिक्षाप्रतिको आशा र विश्वास बढाउने दायित्व ख्याल गर्नुपर्छ, ऐन निर्माण गरेर विद्यालय शिक्षाका समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न आवश्यक छ, 

नेपालमै पढेर सक्षम नागरिक हुन्छु भन्ने धारणा विद्यार्थीमा विकास गर्न जरुरी छ,’ उनले भनिन् । पदभार ग्रहणका क्रममा उनले आफ्नो श्रीमान् स्व. रवीन्द्र अधिकारीलाई स्मरण गर्दै राजनीतिक यात्राको श्रेय उनै भएको बताइन् । श्रीमान्को निधनपछि भट्टराई सक्रिय रूपमा राजनीतिमा लागेकी थिइन् । यसअघि उनी संसद्को शिक्षा समिति सदस्य पनि थिइन् ।